छुट्टाछुट्टै स्थानमा घर जल्दा १७ लाख भन्दा बढीको क्षति 

लोकपथ
21
Shares
काठमाडौं । छुट्टाछुट्टै स्थानमा  दुई घर जलेर १७ लाख ३८ हजार बराबरको धनमालको क्षति भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईटोल बस्ने कुल प्रसाद आचार्यको घरमा भान्सा कोठाको चुलोबाट बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख ३८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
 त्यस्तै, झापाको गौरीगंज गाउँपालका-३ सुदम भिट्टाटोल बस्ने गोपाल थापाको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिएका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?