१४ मङ्सिर २०८०, बिहीवार

एमाले–माओवादी गठबन्धनले गर्यो १०७ क्षेत्रमा बाँडफाँड, एमालेले कति पायो भाग ?

२०७४,कार्तिक,११,शनिवार ०२:२४

0
Shares

काठमाडौँ, ११ कात्तिक- एमाले र माओवादी केन्द्रले मंसिर २१ मा हुने दोस्रो चरणको चुनावका लागि सिट बाँडफाँड अन्तिम चरणमा पुर्‍याएका छन् । दोस्रो चरणको १२८ निर्वाचन क्षेत्रको बाँडफाँडबारे सम्भवत: शनिबार संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् दोस्रो चरणमा हुने प्रतिनिधिसभाका १२८ निर्वाचन क्षेत्रमा दुई दलका उम्मेदवारहरू लड्ने १०७ क्षेत्रको टुंगो लागिसकेको सिट बाँडफाँड समितिका एक सदस्यले बताए । त्यसमध्ये एमालेलाई ७२ र माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको छ । त्यही अनुपातमा सम्बन्धित प्रदेशमा पनि सिट बाँडफाँड भएको छ एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा दुवै दलका नेता सम्मिलित कार्यदलले दोस्रो चरणको चुनावका लागि उक्त बाँडफाँडसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको हो, कान्तिपुरमा खबर छ  सिट बाँडफाँड कार्यदलले झापा, मोरङ, सुनसरी, चितवन, कास्की, बारा, उदयपुरलगायत जिल्लाका निर्वाचन क्षेत्र टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई सुम्पेको छ । कार्यदलले सिट बाँडफाँडको मुख्य आधार पछिल्लो स्थानीय तहको चुनावको मतलाई लिएको छ । त्यसबाहेक कतिपय क्षेत्रमा उम्मेदवारको लोकप्रियता र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई पनि आधार बनाएको छ स्थानीय चुनावमा राम्रो परिणाम ल्याएका धनकुटा, इलाम, तेह्रथुमलगायत जिल्लाबाट प्रतिनिधिसभामा एमालेका मात्र उम्मेदवार हुने भएका छन् चितवनमा एमाले र माओवादीले १/१ सिटमा टुंगो लगाएका छन् । बाँकी १ सिटमा छलफल जारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवन–३ बाट उठ्ने छन् । काठमाडौंका १० सिटमा एमालेले ७ र माओवादीले ३ सिट लिनेछन् । ललितपुरमा माओवादीले क्षेत्र नं. ३ मा सम्भवत: प्रवक्ता पम्फा भुसाललाई अघि सार्ने तयारी गरेको छ । भक्तपुरमा प्रतिनिधिसभामा माओवादीको दाबी छैन । भक्तपुरमा क्षेत्र नं. २ मा एमालेका युवानेता महेश बस्नेत उठ्ने टुंगो लागेको छ   

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार ०२:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८