३ सयले घट्यो सुनको मूल्य

लोकपथ
65
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?