सरकारी चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् ।

गत फागुन १८ गते प्रधानमन्त्री केपी ओलीले गोदानको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीको प्रतिबद्धतापछि संघले आन्दोलन स्थगित गरेको थियो तर माग पूरा नभएपछि संघ पुनः आन्दोलनमा उत्रिएको हो ।

चिकित्सकहरूले आफूहरूलाई संघीय सरकारको मातहत माक्र राख्न माग गर्दै शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका छन् । 

हावा हुरी प्रभावित बारा र पर्सा जिल्लामा भने सरकारी चिकित्सकले नियमित सेवा दिने गोदानले जनाएको छ । देशभर नै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेका छन्।
सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् ।

गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेको छ । यो माग पूरा नहुँदासम्म चिकित्सा सेवा बहिष्कार गर्ने संघले बुधबार निर्णय गरेको हो । मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन् ।

सरकारी चिकित्सकहरूले आ–आफ्नो स्वास्थ्य संस्थामा दबाब कार्यक्रम सञ्चालन गर्ने पनि बताएका छन् । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले गोदानको आन्दोलनमा ऐक्यबद्घता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?