काठमाडौं । संसद सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेले पाएका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोकेका हुन् ।
प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ ।
यसअघिका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया