खराब कर्जा उच्च भएका बैंकलाई राष्ट्र बैंकले किन गर्दैन कारवाही ?

लोकपथ
988
Shares

काठमाडौं । खराब कर्जा उच्च हुने बैंकहरुलाई राष्ट्र बैंकले सुधारात्मक कारवाही नगर्दा निक्षेपकर्ताहरुको अर्बौ रुपैयाँ डुब्ने खतरा बढेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार कुनैपनि बैंक तथा फाईनान्स कम्पनीहरुमा खराब कर्जाको अनुपात पाँच प्रतिशत नाघ्नु हुँदैन ।

यदि पाँच प्रतिशत भन्दा बढी कर्जा खराब छ भने त्यो संस्थामा निक्षेप जम्मा गर्दा जोखिम हुन सक्छ । यसो हुँदा पनि राष्ट्र बैंकले खराब कर्जा उच्च भएका बैंकहरुलाई सुधारात्मक कारवाही नगर्दा सर्वसाधारणको निक्षेप डुब्न सक्ने देखिएको छ ।

बैंकहरुले स्वयम्ले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरणलाई आधार मान्ने हो भने पनि क्षेत्रियस्तरका तीन वटा विकास बैंकहरुमा खराब कर्जा निकै नै उच्च देखिएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आ.व.को पहिलो त्रैमासमा यी तीन वटा बैंकहरुमा खराब कर्जा निकै नैं बढेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व. २०७९/०८० को पहिलो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंकमा १४ दशमलव १९ प्रतिशत कर्जा खराब रहेको थियो । बैंक व्यवस्थापन पक्षले यस्तो कर्जा निरन्तर घटाउँदै जानु पर्नेमा चालु आवको पहिलो त्रैमासमा सप्तकोशीमा यस्तो कर्जा बढेर १८ दशमलव ५० प्रतिशत पुगेको छ ।

यसैगरी क्षेत्रियस्तर कै नारायणी डेभलपमेन्ट बैंकमा पनि गत आवको पहिलो त्रैमासमा चार दशमलव ६७ प्रतिशत मात्र कर्जा खराब रहेको थियो । तर, चालु आ.व.को पहिलो त्रैमासमा नारायणीमा यस्तो कर्जा बढेर १७ दशमलव ८१ प्रतिशत पुगेको छ ।

क्षेत्रियस्तर कै एक्सेल डेभलपमेन्ट बैंकमा पनि गत आवको पहिलो त्रैमासमा चार दशमलव ४८ प्रतिशत कर्जा खराब रहेको थियो । तर, चालु आवको पहिलो त्रैमासमा यो बैंकमा यस्तो कर्जाको अनुपात बढेर सात दशमलव ५७ प्रतिशत पुगेको छ ।

खराब कर्जा उच्च भएका बैंकहरु (खराब कर्जा प्रतिशतमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?