काठमाडौं । ललितपुरको झम्सीखेलमा गोली चलेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले लोकपथलाई जानकारी दिए ।
‘लागुऔषधसहित पक्राउ गर्ने क्रममा निजले हतियार देखाएपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको हो,’ रेग्मीले भने ।
पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार राईबाट एक थान पेस्तोल र लागुऔषध जफत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया