काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
सुनसरीको कोशी गाउँपालिका-३ बस्ने रामु मुखियाको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा उक्त आगो छिमेकमा फैलिएर मुखिया समेत ४ जनाको ४ वटा घर पूर्णरूपमा जलेर करिब १८ लाख ३२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
त्यस्तै काठमाडौं महानगरपालिका-३ बस्ने शिब सेडाईको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दाङको घोराही उपमहानगरपालिका-१३ आनन्दनगर टोल बस्ने नारायण खड्काको गोठमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया