ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

लोकपथ
63
Shares

महोत्तरी । ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बलवा नगरपालिका-६ बलवा चोकमा ज.१ त ८६३० नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार भारत सितामढी दोस्तिया बस्ने २७ वर्षीय मनोज माझीको सोमबार दिउँसो मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको बलवा स्वास्थ चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?