भोलि सार्वजनिक विदा

काठमाडौ । सरकारले भोलि (शुक्रवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

भोलि घोडेजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्जजनिक बिदा दिने भएको हो । 

नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन रहेकाले सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो । 

चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचले बालबालिकालमई दुःख नदियोस् भनेर बुझाउने र बुझाउदा पनि नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा परापूर्व कालदेखि नै बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

पहिले बालबालिकाहरुलाई किचकन्या, मुर्कुटाले दुःख नदियोस् भनेर पुरा सहरभरि घोडा कुदाउने गरिन्थ्यो,  उनले भने, तर अहिले मानिस र घरहरुको चापले टुँडिखेलमा मात्र कुदाउने गरिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?