मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु 

लोकपथ
0
Shares

कैलाली । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका-५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा सोही ठाउँ बस्ने २२ वर्षीय राम बहादुर साउदको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?