के.बि.एल सेक्यूरिटिज सञ्चालनमा

लोकपथ
35
Shares

काठमाडौं । के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोवार शुभारम्भ गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले कम्पनीको कारोवार शुभारम्भको उद्घाटन गरेका हुन ।

उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बंैक लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोवार सुभारम्भ गरेसंगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरेका छन् ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोवार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?