परराष्ट्रमन्त्री साउद र कतारका प्रधानमन्त्री अलथानीबीच शिष्टाचार भेटवार्ता

लोकपथ
42
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरूबिच कतारको राजधानी दोहामा सोमबार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन विशेष अनुरोध गरेको साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताएका छन् ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमा समेत छलफल गरे ।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेश मन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?