बल्ल दियो नेपाल आइडलले बुद्ध लामालाई कार

काठमाडौं, ११ कात्तिक- नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरिएको छबुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छगत असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका भएपनि नेपाल आइडलका विजेताहरुको अति व्‍यस्तताका कारण शुक्रबार मात्र पुरस्कार वितरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?