कामना सेवा विकास बैंक र हातेमालो फाईनान्सबीच फाइभ इन वान सेवा सम्झौता

लोकपथ
52
Shares

काठमाडौं । कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स सर्भिस प्रा. लि बीच फाइभ इन वान सेवा सम्झौता भएको छ ।

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाईनान्स सर्भिस प्रा. लि. सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको हो । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट (DMAT) खाता, सेयर ट्रेडिङ खाता (TMS), सि (आस्वा (C-ASBA) र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवामार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।

काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहक महानुभावहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?