संसद सचिवालयको महासचिवमा पदम पाण्डेको नाम सिफारिस

लोकपथ
56
Shares

काठमाडौं । संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

हालका महासचिव डा. भरतराज गौतमलाई राजीनामा गराएर पाण्डेलाई नियुक्तिको सिफारिस गरिएको हो । पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् ।

पाण्डेलाई नायव महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?