संसद सचिवालयका महासचिव भरत गौतमले दिए राजीनामा

लोकपथ
42
Shares

काठमाडौं । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमले आइतबार साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

उनले पदावधि ८ महिना बाँकी रहँदै राजीनामा दिएका हुन् । उनको राजीनामाको कारण भने प्रष्ट पारिएको छैन ।

गौतमको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?