५ सय रुपैयाँले घट्यो सुनको भाउ

लोकपथ
78
Shares

काठमाडौं । कारोबारको दास्रो दिन आजसुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

आइतबार १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ५ सय रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै, आज तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ४ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रूपैयाँले घटेर १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?