प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

२०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनेका नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले राजीनामा दिएको तर स्वीकृत हुन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

गजुरेलले प्रधानमन्त्री प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन् । तर राजीनामा दिनुको कारण भने खुलेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?