काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत टेलिफोन सेवा मात्र प्रयोग गर्दै आएका सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने भएको छ । एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणकोरुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने छन् ।
नेपाल टेलिकमले मंसिर २५ गतेदेखि लागु हुने गरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गर्दै आएका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको हो । टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि१९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालय मार्फत पनि यो सुविधा लिन सकिने छ ।
एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ माकल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्करुपमा यो सेवा प्रयोग गर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया