अख्तिायरद्वारा तत्कालीन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध आरोपत्र दायर

लोकपथ
35
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार राज्यका सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकाले ती निकायहरूमा कार्यरत कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन गरी कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरेको खुलेको छ ।

अनुसन्धानका क्रममा बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारबाट जारी भएको हाईस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई उक्त पदको लाभ र सुविधा प्रयोग गरेको पाइएको आयोगका सहायक प्रवक्ता थपलियाले बताए ।

साथै उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकोले बस्नेतलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावीसहित बिशेष अदालतमा आरोपपत्र दायर गरिएको हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?