राष्ट्र बैंकले सोमबार पुन: १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

लोकपथ
78
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सो दिन अपरान्ह दुई बजेसम्म बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

मंसिर २६ गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्नेछन् । यसरी बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब ५० करोड, एक सय ८२ दिने अवधिको आठ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँको रहेको छ । सो मध्ये एक सय ८२ दिने अवधिको आठ अर्ब मध्ये चार अर्ब नयाँ र बाँकी सबै पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

भोलि बिक्री गरिने ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन २९ गते, २०८१ जेठ २९ गते र २०८१ मंसिर २५ तोकिएका छन् । यसअघि यही मंसिर १८ गते पनि राष्ट्र बैकले १६ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?