लुक्लाका लागि उडेको तारा एयरको झ्याल झर्यो, प्राधिकरण भन्छ– ‘यो हदैसम्मको लापरवाही हो’

लोकपथ
1.8k
Shares

काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरलाइन्सको बिमानको इमर्जेन्सी झ्याल खसेको छ । आज (आइतबार) बिहान ९ः३० बजे लुक्लाका लागि उडेको ‘ट्विनएटर ९ एनएलओ’को झ्याल खसेको हो ।

लुक्ला बिमानस्थलनमा बिहान १० बजे अवतरण भइसकेपछि जहाजको सिसा खसेको थाहा भएको थियो । त्यसैले कहाँ खस्यो भन्ने बारे अनुसन्धान भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल बताउँछन् ।

यसरी उडिरहेको बिमानको झ्याल खस्यो भन्नु लापरवाहीको पराकाष्टा भएको भूल बताउँछन् । ‘यो एयरलाइन्सको हदैसम्मको लापरवाही हो,’ उनले भने, ‘हामीले यसलाई गम्भीर अनुसन्धान गरिरहेका छौँ ।’

यतिबेला प्राधिकरणले बिमानका चालक दलका सदस्य, कार्गो लोड गर्ने स्टाफ सबैलाई अनुसन्धानका लागि बोलाएको उनले बताए । उक्त बिमानमा रहेका चालक दलका सदस्यलाई अनुसन्धानका लागि काठमाडौं ल्याइसकिएको उनले जानकारी दिए । ‘अब उनीहरुमाथि सोधपुछ गरेर अनुसन्धान गर्छौँ,’ उनले भने, ‘त्यसपछि हामी आवश्यक कारवाही अघि बढाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?