गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

लोकपथ
21
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका थिए ।

श्रेष्ठको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?