अवैध लागुऔषधसहित ५ जना पक्राउ 

लोकपथ
21
Shares

काठमाडौं । अवैध लागुऔषधसहित ५जनालाई प्रहरीले पक्राउ  गरेको छ । पर्साको बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट अवैध  लागुऔषध खैरो हेरोईन १ ग्राम २१० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने ४० वर्षीय समिर लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनर्वा र लागुऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आइरहेका उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, दाङको घोराही उपमहानगरपालिका–१५ आदर्श टोलबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २४० मिलिग्राम र नगद ९९ हजार ७५ रूपैयाँसहित सोही टोल डेरा गरी बस्ने बंगलाचुली गाउँपालिका–५ घर भएकी २० वर्षीया बिमला परियार समेत ४ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?