लमजुङमा सामूहिक भोज खाएका १ जनाको मृत्यु, ३० जना बिरामी

लोकपथ
35
Shares

पोखरा । लमजुङमा सामूहिक भोज खाएका एक जनाको मृत्यु भएको छ भने ३० जना बिरामी परेका छन् ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईँले लोकपथलाई जानकारी दिए ।

उनीहरुले २२ गते सुन्दर बजार नगरपालिका वडा नम्बर ८डुडकुलामा क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका थिए । भोेज खाएर फर्केकाहरुमा २३ गते देखि सामान्य टाउको दुख्ने, ज्वरो आउने, पखला लाग्ने समस्या देखिएको थियो ।

बिरामीहरुको सुन्दर बजारमा रहेको सामुदायिक नमुना अस्पतालमा उपचार भइरहेको प्रवक्ता चपाईँले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?