सन्दीप लामिछाने विरुद्धको सुनुवाइ स्थगित

लोकपथ
77
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा स्थगित भएको छ । लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित भएको हो ।

आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिए पनि चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण उनी उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो ।

यसअघि गत कात्तिक २३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेस भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?