जनकपुरधाम । बारा र पर्सामा आइतवार गएको आँधी प्रभावितहरुलाई प्रदेश २ सरकराले चार कोठे घर बनाइदिने निर्णय गरेको छ ।
बुधवार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले सो कुर बताएका हुन् ।
आँधीका कारण पूर्ण रुपमा ध्वस्त भएका घरहरु प्रदेश सरकार बनाइदिने बताएका हुन् ।
उनले भने, ‘आगामी चार महिनाभित्रै सबै घर बनाइसक्छौं ।’
अहिले हावाहुरी पीडितहरु कष्टकर जीवन जीउन बाध्य भएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर भएको बताउँदै उनले भने, ‘त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भएको छ, केहि दिनभित्रै टेन्टभित्र सारिने छ, प्रभावित क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक देखिएपछि झुल पठाइसकिएको छ ।’
‘घटना भएदेखि नै प्रदेश सरकार पीडितहरुका लागि काम गरिरहेको छ र यसलाई निरन्तरता दिने छौँ’ मन्त्री यादवले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया