राज्यका अंगप्रति जनतामा दिग्भ्रमित फैलाउने काम भयो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगप्रति जनतामा दिग्भ्रमित बनाउने प्रयास भइरहेको बताएकी छिन् । 

बुधवार न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् । 

‘केही समययता राज्यका सबै निकायलाई विवादित बनाउने र अनास्था फैलाउने आधारहीन कुरा उठाइएको छ’ उनले भनिन्, ‘यस्तो कार्यले जनतालाई दीग्भ्रमित पार्ने जस्ता कार्यहरु भइरहेको छ, यसबाट न्यायपालिका पनि अछुतो छैन ।’ 

साथै उनले कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको पहिचानमा आँच आउने काम गर्न नहुने समेत बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?