रामेछाप । प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका सुनापति गाउँपालिका इञ्चार्ज लोकबहादुर राना मगरले आत्मसमर्पण गरेका छन् । मगरले बुधवार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका हुन् ।
राना मगर २०७४ सालमा पार्टीको गाउँपालिका इञ्चार्ज भएका थिए । उनी २०७३ सालदेखि विप्लव समूहमा थिए ।
साथै आत्मसमर्पण गर्न आएका राना मगरलाई प्रशासनले मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा बुधवार नै छाडेको छ ।
अबदेखि हत्याहिंसा जस्ता गतिविधिमा नलाग्ने र सामाजिक काममा सक्रिय हुने र स्वतन्त्र नागरिक सरह बस्न चाहेको प्रतिवद्धता जनाएका कारण छाडिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रखास शर्माले जानकारी दिए । राना मगरको हरेक गतिविधिमा भने जिल्ला प्रशासनले निगरानी गर्ने समेत उनले बताए ।
राना रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुमका स्थायी बासिन्दा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया