सिरहामा एड्सबाट २४ को मृत्यु, १ सय ६३ जना उपचारारत


लोकपथ
प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार ०९:५६

लहान ।  एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज (बुधवार) यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए। 

लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १ सय ६३ को उपचार भइरहेको स्वास्थ्य उनले जानकारी दिए । 

यस वर्षमात्रै २० नयाँ एचआइभी सङ्क्रमित फेला परेको बताउनुहुँदै उहाँले सामाजिक हेला र भेद्भावका कारण सङ्क्रमितले उपचार सेवा लिन छाडेको जानकारी दिए । वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीबाट एचआइभी सर्ने गरेको कर्णको भनाइ थियो । एचआइभी एड्स सम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस
सावधान ! गर्भ अवस्थामा भुलेर पनि नखानुस् यी ७ खानेकुरा

काठमाडौं । गर्भवस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ | यो अवस्थामा खानपानदेखी

पुरुषका लागि पनि गर्भनिरोधक जेल, वैज्ञानिक भन्छन्- यसरी प्रयोग गर्नुहोस्

काठमाडौं | अनिश्चित गर्भबाट बच्न महिलाहरु गर्भानिरोधकका विभिन्न अस्थाई साधन र औषधिका प्रयोग

साप्ताहिक राशिफल: साउन ४ देखि १० गतेसम्म यी राशिको भाग्य चम्किनेछ

काठमाडौं | आज २०७६ साल साउन, ४ गते शनिवार | साउन ४ देखि

यी ५ खानेकुरा, जसले पेनकिलरको काम गर्छ

तपाइँ यो कुरा जान्नुहोस् कि, मेडिकलमा पाइने पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम