ट्रयाक्टर पल्टिँदा दुई जनाको मृत्यु, एकजना घाइते

लोकपथ
56
Shares

जनकपुरधाम । सिरहाको औरही गाउपालिका‌ २ तुलसीपुरमा ट्रयाक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव रहेका छन् ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्रयाक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो ।

ट्रयाक्टरको ईन्जिनमा च्याम्पिएर उनी दुवै जनाको मृत्यु भएको र ट्रयाक्टरमै चढेका रञ्जन यादव घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?