साताको सेयर बजार : नेप्से १८ सय ५२ बिन्दुमा, सात अर्ब ६४ करोडको कारोबार

लोकपथ
78
Shares

काठमाडौं । सेयर बजार परिसुचक यो साता खासै बढ्न सकेन । साताको सुरुवाती कारोबार दिन देखि नै ओरालो लागेको सेयर बजार तेस्रो दिनसम्म घटेको थियो । त्यसपछि अर्थात चौथो र पाँचौं दिन भने बजार परिसुचक उकालो लागेको थियो । तर सेयर बजारको यो उकालो गत साता कै हाराहारीमा रह्यो । अर्थात नेप्से सुचक तथा कारोबार रकममा गत साताको तुलनामा खासै फरक देखिएन । जसले गर्दा सातामा नेप्से १८ सय ५२ दशमलव ७७ अंकमा सिमित हुन पुग्यो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५२ दशमलव २८ अंकमा सिमित हुन पुग्यो ।

यो साता नेप्सेमा दुुई सय ९९ वटा कम्पनीहरुको सेयर किनबेच भयो । जसबाट दुई लाख सात हजार एक सय छ पटकको कारोबारमा दुई करोड ५२ लाख ७४ हजार सात सय ७४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ६४ करोड ७१ लाख ६२ हजार पाँच सय ८१ रुपैंयाँ तीन पैसा पुगेको छ । यो कारोबार रकम गत साता कै बराबरको हो । गत साता भने यस्तो कारोबार रकम सात अर्ब ३८ करोड ४४ लाख ५८ हजार १८ रुपैंयाँ रहेको थियो । कुल दुुई सय ९४ वटा कम्पनीहरुको दुई लाख ३३ हजार दुई सय ४३ पटकको कारोबारमा दुई करोड ५२ लाख ३१ हजार ९६ कित्ता शेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

यो साता नेप्से नियमित कारोबारको लागि पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो दिन घटेको नेप्से चौथौं र पाँचौं दिन भने बढेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन आईतबार सात दशमलव २९ अंकले घटेर १८ सय ५१ दशमलव २३ अंंकमा झरेको नेप्से दोस्रो दिन पुन तीन दशमलव ४२ अंकले घटेर एक हजार आठ सय ४७ दशमलव ८१ अ.कमा खुम्चिन पुगेको थियो । तेस्रो दिन पनि १० दशमलव १० अंकले घटेर १८ सय ३७ दशमलव ७१ अंकमा झरेको नेप्से चौंथो दिन भने तीन दशमलव ३३ अंकले बढेर १८ सय ४१ दशमलव शुन्य चार अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन पुन नेप्से ११ दशमलव ७३ अंकले बढेर १८ सय ५२ दशमलव ७७ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी पहिलो दिन एक दशमलव ६५ अंकले घटेर तीन सय ५४ दशमलव ४३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन एक दशमलव २२ अंकले घटेर तीन सय ५३ दशमलव २१ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन पनि दुई दशमलव १४ अंकले घटेर तीन सय ५१ दशमलव शुन्य सात अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पनि शुन्य दशमलव ३६ अंकले घटेर तीन सय ५० दशमलव ७० अंकमा खुम्चिएको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले बढेर तीन सय ५२ दशमलव २८ अंकमा पुग्न सफल भएको थियो ।

यो साता नेपाल पुर्नबीमा कम्पनी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली, आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?