काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट सभापतिहरुको भेला काठमाडौंमा शुरु भएको छ ।
स्वतः प्रतिनिधि र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनर्विचारका लागि नेतृत्वालाई दबाब दिन भन्दै बुधवार बिहान ११ः३० बजेपछि बैठक बस्न लागेको हो ।
साथै बैठकले वर्तमान राजनीतिक अवस्था, पार्टी संगठन, बारा र पर्सामा आएको विपतलगायत विषयमा छलफल हुने नुवाकोट सभापति जगदिशनरसिंह केसीले जानकारी दिए ।
गत फागुन १२ गते केन्द्रीय समितिले स्वतः प्रतिनिधि चयन हुने व्यवस्थासहितको विधान पारित गरेको थियो । तर, महासमिति बैठकमा भएको सहमति विपरित केन्द्रीय कार्यसमितिले सो प्रावधानसहितको विधान पारित गरेको भन्दै असन्तुष्ट सभापतिहरुले विरोध गर्दै आएका छन् ।
स्वतः प्रतिनिधि र आरक्षणको व्यवस्था खारेजबारे यसअघि समान धारणा राख्दै आएपनि केही जिल्लाका सभापतिहरुले भने भेला बोलाईएको प्रति असन्तुष्टि जनाएका छन् ।
भेला भोलीसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया