काठमाडौं । पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिषद्को दुईदिने बैठक काठमाडौंमा शुरु भएको छ ।
बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाट गरेका छन् ।
बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायत तीनै तहका सरकारी अधिकारीहरुको पनि उपस्थिति रहेको छ ।
राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीका अनुसार आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ । सो आधारपत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीति छ ।
साथै बैठकमा प्राप्त सुझावलाई समेट्दै आधारपत्रलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्मा पठाउने योजना आयोगको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया