जुवातास खेलिरहको अवस्थामा सातजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । जुवातास खेलिरहको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३० मैतीदेवी बस्ने ४६ बर्षीय निरज खड्गीको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्गी समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?