स्रोत नखुलेको रकमसहित एकजना भारतीय नागरिक पक्राउ

लोकपथ
0
Shares

पर्सा । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले बीआर ०५ यु ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?