१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

लोकपथ
203
Shares

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ । शुक्रबार भन्सार कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको जानकारी दिएको हो ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा रहेका भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले जानकारी दिए ।

बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका चन्द्र घले पक्राउ परेका थिए । सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?