काठमाडौं । प्रहरीले नागढुंगाबाट दुई किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियोबाट प्रहरीले दुई किलो सुन बरामद गरेको उपत्यका अरापध अनुसन्धान कार्यालयका प्रवक्ता एस्पी रविन्द्र रेग्मीले लोकपथलाइए जानकारी दिए ।
पक्राउ पर्नेमा ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बिहीबार राति प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र बहादुर घलेलाई पक्राउ गरेको छ । प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीबार राति काठमाडौं आएका गोरखाका घलेलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया