२० याबु बोकेको नाइट बस त्रिशूलीमा खस्यो

काठमाडौं, ११ कात्तिक— सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको नाइटबस धादिङमा दुर्घटना भएको छ ना ६ ख १४६७ नम्बरको बस गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको हो । इलाका प्रहरी कार्यालय गजुरीले बसमा २० यात्रु रहेको अनुमान गरेको छ । अहिले प्रहरी र स्थानीयले उद्दार कार्य जारी राखेका छन् । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना शनिबार बिहान ६ बजेतिर भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?