राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक

लोकपथ
195
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । आज शुक्रबार सार्वजनिक भएको समिक्षा मार्फत राष्ट्र बैंकले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । सो अनुसार ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार एक सय २५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार एक सय ५० प्रतिशत थियो । यसैगरी मौद्रिक नीतिले ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने एक सय प्रतिशत कायम छ ।

राष्ट्र बैकका अनुसार सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने उदे्श्य मौद्रिक नीतिले लिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत घरजग्गाको जोखिम भार पनि एक सय २५ प्रतिशतमा झारेको छ । यसैगरी रराष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो । बैंक दरलाई सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशत र नीतिगत दरलाई छ दशमलव पाँच प्रतिशतबाट घटाएर पाँच दशमलव पाँच प्रतिशत भारेको छ ।

निक्षेप संकलन बोलकबोल दरलाई चार दशमलव पाँच प्रतिशतबाट घटाएर तीन प्रतिशतमा झारेको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई भने मौद्रिक नीतिले यथावत राखेको छ । विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई ध्यानमा राखेर मौद्रिक नीतिको समिक्षा मार्फत मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याएको छ । यो व्यवस्थाले निर्माण क्षेत्र चलायमान हुने राष्ट्र बैंकको भनाई छ । यसैगरी मौद्रिक नीतिले २०८० कात्तिकमा जाजरकोटमा गएको भुकम्पले क्षतिग्रस्त घरहरुलाई कर्जा सुविधाको ब्यवस्था गरेको छ । सो अनुसार २५ लाख रुपैयाँसम्मको आवासीय घरकर्जामा आधार दरमा दुई प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम लिन नपाउने ब्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?