१८ फाल्गुन २०८०, शुक्रवार

आगलागीमा ज्यान गुमाएका परिवारलाई महानगरले जनही एक लाख दिने

२०८०,मङ्सिर,२१,बिहीवार १८:२९

0
Shares

विराटनगर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

त्यसैगरी महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो ।

सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । घटनामा घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रीता सरदार, ६५ वर्षीया सुनिता कामत र कटहरी–६ की ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट बुधबार साँझ काठमाडौं लगिएकोमा सुनिता कामतको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौंबाट सुनिताको शव ल्याउने व्यवस्थापन महानगरले मिलाएको छ । काठमाडौं लानका लागि आवश्यक अक्सिजनको व्यवस्थापन पनि महानगरले मिलाएको मेयर कोइरालाले बताए ।

यसैबीच, महानगरले कवाडी व्यवसाय र गोदामसहित संवेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ । ‘भविष्यमा यस्ता विपद नआओस् भनेर महानगरपालिका गम्भीर छ । त्यसका लागि महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालन गर्न अनुमति दिनेछ,’ मेयर कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसअघि पनि कवाडी व्यवसाय व्यवस्थापनका लागि महानगरले पटक–पटक सरोकारवालासँग छलफल गरेर सुरक्षा मापदण्ड पूरा गर्न अनुरोध गरेको स्मरण गराउन चाहन्छु ।’

आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने कोइरालाले बताए ।

प्रकाशित मिति: २०८०,मङ्सिर,२१,बिहीवार १८:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

ठूला र बडाको हार कहाँ छ, समान देख्ने आधार कहाँ छ ?एउटालाई बचाउन अर्को मर्नु पर्ने, सबलाई बराबर संसार कहाँ

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन्

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०