१८ फाल्गुन २०८०, शुक्रवार

बजेट कार्यान्वयनका लागि हिँडेर पुगिंदैन् दौडनु पर्ने अवस्था भएको छ : मुख्यमन्त्री कार्की

२०८०,मङ्सिर,२१,बिहीवार १८:२०

45
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् ।

बिहीबार पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आर्थिक वर्षको प्रथम चौमासिक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले बजेट कार्यान्वयनका लागि हिँडेर नपुगिने भन्दै दौडनु पर्ने अवस्था भएको बताए ।

बजेट कार्यान्वनका लागि आइपर्ने समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले यसबारे अध्ययन गरी निश्कर्ष ल्याउन निर्देशन दिए ।

‘हामी कुनैपनि बहानामा ढिलासुस्ती गर्न सक्दैनौं । तपाईहरु निस्फिक्री भएर काम गर्नुहोस् जनताका पक्षमा काम गर्दा आइपर्ने समस्या समाधान गर्न सरकार तयार छ । के मा समस्या छ अध्ययन गर्नुहोस्’ उनले भने ।

मुख्यमन्त्री कार्कीले वनसँग पर्यटन जोडिएको उल्लेख गर्दै वन हुँदै पर्यटकको माध्यमबाट आर्थिक क्षेत्र चलायमान हुने जिकिर गरे ।

‘हामी भारतको हात्ती आयो भन्छौं । तर हात्ती आउन दिने वातावरण बनाऔं । हात्ती हेर्ने पर्यटक भित्र्याएर हामीले पर्यटनको विकास पनि गर्न सक्छौं,’ मुख्यमन्त्री कार्कीले भने ।

मुख्यमन्त्री कार्कीले जंगली जनावरको बास स्थान संकटमा पर्दै गएको र खानेकुराको समेत अभाव हुन थालेको बताए । जंगलमा भएका खानेकुरामा मासिनको हस्तक्षेप हुन नहुने र यो नभए जनावर गाउँ नपस्ने भन्दै उनल हात्ती करिडोरका लागि प्रदेश सरकारले पहल गर्ने बताए ।

‘करिडोरमा भएका स्थानीयलाई मुआब्जा दिएर अर्को बस्तीमा स्थानान्तरण गर्न सरकार तयार छ,’ उनले भने । करिडोर अवलोकन गर्न पर्यटकलाई समेत लग्न सकिने कार्कीको भनाइ छ ।

दुई दिनसम्म चल्लने कार्यक्रममा कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले, प्रकृति संरक्षण कोषका अध्यक्षलगायत १४ वटै जिल्लाका बन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन्

प्रकाशित मिति: २०८०,मङ्सिर,२१,बिहीवार १८:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

ठूला र बडाको हार कहाँ छ, समान देख्ने आधार कहाँ छ ?एउटालाई बचाउन अर्को मर्नु पर्ने, सबलाई बराबर संसार कहाँ

काठमाडौं । फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०