काठमाडौं । एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनु भनी कम्पनी रजिस्टा्रर कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजसलाले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्टारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
एनसेल प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुबै पक्षलाई २५ मंसिरमा छलफलका लागि बोलाएको छ ।
उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया