एनसेलको शेयर खरिदबिक्री रहस्यमय छ : सभामुख घिमिरे

लोकपथ
42
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री रहस्यमय भएको बताएका छन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरेले एनसेल प्रकरणबारे अनुसन्धान गर्नैपर्ने बताएका हुन् ।

उनले जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको बताए ।

सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको बिरोधमा भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउन सुझाव दिएका छन् ।

अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले एनसेल सेयर खरिद बिक्रीबारे छलफल सुरु गरेका छन् । बुधबार लेखा समितिले एनसेलको सेयर खरिद बिक्री प्रकरणलाई यथास्थितिमा राख्न निर्देशन दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?