राष्ट्र बैंकले शुक्रबार पुन: २५ अर्ब रुपैयाँको निक्षेप उपकरणको बिक्री गर्ने

लोकपथ
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले शुक्रबार पुन २५ अर्ब रुपैंयाँको निक्षेप उपकरण बिक्री गर्ने भएको छ ।

अघिल्लो दिन अर्थात बिहिबार मात्र २५ अर्बको निक्षेप संकलन उपकरण बिक्री गरेको राष्ट्र बैंकले शुक्रबार मध्यान्ह १२ बजेसम्ममा बोलकवोलको माध्यमद्वारा पुन २५ अर्बको निक्षेप उपकरण बिक्री गर्न लागेको हो ।

परिपक्व हुुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती पुस छ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत प्रयोग गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?