छुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

लोकपथ
0
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका-१ बस्ने ७० वर्षीय हसन हजारीको घरमा खाना पकाउने क्रममा बुधबार साँझ आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा लगायतका सामान गरी करिब ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको  हाे ।

त्यस्तै  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ बस्ने युवराज पौडेलको आरा मिलमा विद्युतको तार सर्ट भई बिहीबार बिहान आगलागी भएको हो  क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?