१६ मङ्सिर २०८०, शनिवार

को हुन् सिटौलाको राजनीतिक करियर धराप पार्ने लिङ्देन ?

२०७४,कार्तिक,११,शनिवार ०१:३५

0
Shares

काठमाडौँ, ११ कात्तिक- चुनाव केन्द्रीत लोकतान्त्रिक गठबन्धनका कारण नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक करियर संकटमा परेको छ । मंसिरको निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्न नपाउने भएपछि उनको राजनीतिक भविष्यप्रति चिन्त व्यक्त गर्न थालिएको छ सिटौला अढाई दशकदेखि झापा क्षेत्र नं ३ बाट चुनाव लड्दै आएका थिए । राम्रो पकड र चाहना हुँदाहुँदै पनि आगामी निर्वाचनमा प्रतिनिधिसभाका लागि सिटौलाले चुनाव लड्न नपाउने भएका छन् । उक्त क्षेत्रबाट गठबन्धनभित्रको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने भएका छन् । चुनावी गठबन्धन जोगाउन कांग्रेसले राप्रपालाई उक्त क्षेत्र छाड्नुको विकल्प छैन राप्रपाले देशभरमै उक्त क्षेत्र सुरक्षित दाबी गर्दै आएको छ । प्रतिनिधिसभातर्फ २८ सिट रहेको प्रदेश नं १ मा राप्रपाले एक मात्र क्षेत्र झापा ३ मागेको हो । राप्रपाको निर्विकल्प अडानका कारण कांग्रेस नेतृत्वमाथि दबाब बढेको हो, कान्तिपुरमा खबर छ को हुन लिङ्देन ?५२ वर्षीय राजेन्द्र लिङ्देन विद्यार्थी कालदेखि नै राप्रपाको राजनीतिमा आबद्ध छन् । लिङ्देन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघको संस्थापक अध्यक्ष हुँदै पार्टीको मुल राजनीतिमा होमिएका हुन् । उनी पार्टीको सँगठन विभाग प्रमुख समेत हुन् । लिङ्देनले झापा ३ बाट दुई पटक चुनाव लडे । ०५६ र ०७० । ५६ मा तेस्रो भएका उनी ७० मा निकटतम् प्रतिद्वन्द्वी बने । ५६ को चुनावपछि उनी निरन्तर उक्त क्षेत्रका जनतासँग नजिकमा रहे शाहीकालमा ०६१ र ०६२ मा गरि उनी दुई पटक जिल्ला विकास समितिको सभापतिमा मनोनित भए । दुई पटकमा गरि करिब एक वर्ष जिल्ला हाँकेका बेला उनले उक्त क्षेत्रका जनताको लागि दर्जनौं योजनामा बजेट खर्चिए । साविकको पाठामारी, केचना, बालुबाडी, घेराबारी र पथरियालाई सडक सञ्जालसँग जोडे । जिल्लाको सीमावर्ती उक्त क्षेत्रका धेरै सडकहरुमा ग्राभेल गरे । ८०–२० कार्यक्रम अन्तर्गत बालुबाडी, पाठामारी र घेराबारीमा पहिलो पटक विद्युत पुर्‍याए । हल्दिबारीको समगरमाथा चोकदेखि गोल्धाप जाने बाटोका काठे पुलहरु विस्थापित गरे यस्तै केपी ओली नेतृत्वको सरकारमा कमल थापाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पनि केही बजेट ल्याएर उक्त क्षेत्रमा खर्चिन भ्याए । मेची नदी, बिरिङ नदीमा झोलुङ्गे पुल बनाउने प्रक्रियाअघि बढाउनुका साथै अन्य केही योजनामा बजेट खर्चिए निरन्तर उक्त क्षेत्रका जनतासँगको सम्पर्कमा रहेका लिङ्देनले स्थानीय तह चुनावमा कचनकवल गाउँपालिकामा राप्रपाका अध्यक्ष/उपाध्यक्षसहित बहुमत सदस्य जिताउन सफल भए क्षेत्रभित्रकै हल्दिबारी गाउँपालिकाको प्रमुख र जिल्लाको पश्चिम गौरीगञ्ज गाउँपालिकाको प्रमुख पनि राप्रपाकै नेतालाई जिताए     

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार ०१:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३