चोरी गरेको अभियोगमा तीनजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ पक्राउ हो ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–८ तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र नागार्जुन नगरपालिका–६ सितापाईला घर भएका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् ।

काठमाडौं महानगरपालिका–९ गौशला बस्ने बाल कृष्ण श्रेष्ठको घरबाट गत कात्तिक ५ गते राति उक्त गरगहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?