राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । बैठकमा वुधवारको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेका विभिन्न ७ वटा प्रस्तावमाथि छलफल भइरहेको पार्टी सचिवालयले जनाएको छ ।

त्यसैरि बैठकमा पार्टीले सञ्चालन गर्ने आन्दोलन सम्बन्धी, राष्ट्रिय सभा निर्वाचन, राप्रपा नियमावली २०८० को मस्यौदा, समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको आन्तरिक, सांगठनिक लगायत पक्षमा छलफल जारी रहेको बताइएको छ । बैठक आज समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?